‘पत्रकार हुँ’ भन्दै दशैं खर्च माग्ने युवक पक्राउ

नेपालभ्युज

‘पत्रकार हुँ’ भन्दै दशैं खर्च माग्ने युवक पक्राउ

बारा ।  ‘पत्रकार हुँ’ भन्दै  पत्रकारको चरित्र हत्या गरी दशैं खर्च मागेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेको प्रहरीले जनाएको छ । उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी  झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनले उक्त सामाग्री प्रकाशन गरेबापत दसैँ खर्च माग गरेका थिए । साथै उनले उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved