बाल्यकालीन दशैं अनुभव : २०४१ सालदेखि वाम आन्दोलनमा लागेँ, अनि दशैं छाडेँ

मेरो मामाघर थानकोट हो। दशैंंमा मात्र होइन, अहिलेसम्म मामाघर गएको छैन। गरिबसँग बिहे गरेको भनी हेला गरेकाले आमा मामाघर जानुभएन। म पनि गइनँ।

बाल्यकालीन दशैं अनुभव : २०४१ सालदेखि वाम आन्दोलनमा लागेँ, अनि दशैं छाडेँ

मेरो बाल्यकाल काठमाडौंको नैकापमा बित्यो। बाल्यकालको दशैंं सम्झनेबित्तिकै आँखामा चार चीज आउँछन्। ती हुन्– चंगा, मासु, नयाँ लुगा र पिङ।

लिंगेपिङ खेलेको सम्झना अझै ताजै छ। बाँस गाडेर पिङ बनाइएको हुन्थ्यो। रोटेपिङ त थोरै थिए। एउटा पिङ दलित बस्तीछेउको चौरमा हाल्थे।

दशैंको सम्झनासँगै आउँछ, नयाँ लुगा पनि। कपडा किनेर सिउन दिन्थ्यौँ। त्यसबेला आजको जस्तो बजारवाद आएको थिएन। दशैंंमा चंगा र लट्टाइ किन्थेँ। चंगा उडाउँथेँ।

दशैंं भनेपछि मासु खाने हो। त्यसबेला मासुको धेरै समस्या थिएन। तीन–चार परिवार मिलेर राँगा किन्थे। काट्थे। कुखुरा र सुँगुर त भइहाले। त्यसबेला तीनचार सयमा नै राँगा आउँथ्यो।

त्यसबेला दलितका ३६ घर थिए। अहिले ५०–६० पुग्यो होला। आठ–दश महिना पालेको सुँगुर काट्थे। कालो अनुहारको सुँगुर। सुँगुरको बोसो घ्याम्पोमा राख्थे। जो भुटुनको लागि प्रयोग गर्थे। सिनो खाने चलन हजुरबाले नै उहिल्यै हटाइसकेका थिए।

सम्झनामा दशैँ : त्यसरी मनाइन्थ्यो दशैँ र पो माने झैँ हुन्थ्यो !

धेरै कमाइ नभएका प्रायः सबै दलित परिवारलाई ऋण बोकाएर दशैंं बिदा हुन्थ्यो। एउटा दशैंं टार्न सत्र–अठार सय ऋण लाग्थ्यो। जुन बेला तीन–चार हजार रुपैयाँले त डेढ–दुई रोपनी खेत नै आउँथ्यो।

मासुका साथै चिउरा र गेडागुडी पनि खाने चलन थियो। दक्षिणा दिन र ससुराल जान पनि पैसाकै गोडा चाहियो। सार्कीका सरकारी जागिर थिएन। के गर्ने त ? गहना बन्धकी राख्थे। बन्धकी राख्न कालीमाटी भीमसेनथान जान्थे। भीमसेनस्थान त्यसबेलाको मुख्य बजार थियो। नैकापबाट किनमेल गर्न जाने बजार।

बाल्यकालीन दशैं अनुभव : पहिले खसी किन्न कर गर्थेँ, अहिले त भेज भएकी छु

दशैंंको किनमेल गर्न फूलपातीको दिन नैकाप नै उठेर जान्थ्यो। बन्धकी राख्दा ‘दुई प्रतिशत घिउ खाने’ भनेर काटिहाल्थ्यो, जसरी अहिले सहकारीले काट्छ।

मेरो मामाघर थानकोट हो। दशैंंमा मात्र होइन, अहिलेसम्म मामाघर गएको छैन। गरिबसँग बिहे गरेको भनी आमालाई हेला गरेकाले आमा मामाघर जानुभएन। म पनि गइनँ।

दशैंमा रमाउँथेँ। तर मेरो स्वभाव खुल्ने र खानेखाले होइन। म त अन्तरमुखी टाइपको हो।

२०४१ सालदेखि वाम आन्दोलनमा लागेँ। त्यसबेलादेखि मैले दशैंं छाडेँ। मेरो परिवारले दशैंं छाड्यो। मेरो घरमा टीका, बलि, दुर्गापूजा र जमरा केही पनि छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved