देशमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ, सचेत होऔं : अर्जुननरसिंह केसी

नेपालभ्युज

देशमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ, सचेत होऔं : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले मलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको बताएका हुन् ।

उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति सतर्क र गम्भीर हुनुपर्ने बताए । उनले भड्काउ अभिव्यक्ति दिनेलाई सरकारले बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved