ब्लग

गण्डकी एमालेमा पीएसविरुद्ध हरुवाहरूको घेराबन्दी !

बाहिर जतिसुकै चिल्ला र मिजासका भाषण गरे पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी बीचको लडाइँ पेचिलो बन्दै गएको छ ।

गण्डकी एमालेमा पीएसविरुद्ध हरुवाहरूको घेराबन्दी !

पोखरामा झरी परिरहेको छ, तर नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनको गर्मी बढिरहेको छ । बाहिर जतिसुकै चिल्ला र मिजासका भाषण गरे पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी बीचको लडाइँ पेचिलो बन्दै गएको छ ।

गुरुङलाइ कमजोर बनाउने रणनीति अनुसार उनी निकट रहेका लमजुङका केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई विभिन्न व्यक्तिहरूको जोडबलमा अध्यक्षको उमेदवारी तयार गरिएको छ । सर्वसम्मत भए कृष्ण थापा नत्र मायानाथ भन्ने नाराले नै अधिकारी समूहले मायानाथलाई  पीएस गुरुङविरुद्ध प्रयोग गरिएको बुझ्न गाह्रो छैन। तर, मायानाथ निकटहरू भने यो मान्न तयार छैनन् । मायानाथ जति योग्य र अनुभवी कोही नभएको नभएको जिकिर गरिरहेका छन् । तर, अझ रोचक त के छ भने हरुवाहरूको गठजोड उपमहासचिव गुरुङविरुद्ध भएको देखिएको छ ।

कास्कीको पोखरा महानगरमा धनराज आचार्यसँग चुनाव हारेका कृष्ण थापालाई अर्का प्रदेश सभाका हरुवा उमेदवार राजीव पहारीले काँधमा बोकेर हिँडेका छन् । उनै राजीवलाई गुरुङ निकट भनी आरोप लगाइयो र स्थानीय चुनावमा कृष्ण थापा हराउन लागेको आरोप लगाइयो । विभिन्न किसिमका अडियोहरू राजीव निकटकै कार्यकर्ताहरूले बाहिर ल्याए ।

एमाले भित्रको विश्वस्त स्रोत भन्छ “स्थानीय चुनावको हिसाब प्रदेश सभामा राजीवलाई हराएर कृष्ण थापाहरूले चुक्ता गरिसके” । तर, त्यो बेलामा राजीव पीएस निकट हो पीएसले परिचालन गरेको भन्ने अफवाह फैलाएर चुनाव पछिको धन्यवाद सभामा अधिकारी निकटहरूले गुरुङ बोल्दाबोल्दै हुटिङसमेत गरे । तर, समयक्रमले त्यो आरोप व्यवहारले पुष्टि हुन सकेन किनकि, राजीव उनै थापालाई सर्वसम्मत बनाउन भनी कम्मर कसेर लागेका छन् ।

अधिकारी समूहमा हरुवाहरूको लाइन नै लागेको देखिन्छ । लमजुङका मायानाथले स्थानीय चुनावमा आफ्नै श्रीमतीलाई टिकट दिलाए तर उनी हारिन् । लमजुङका जिल्ला अध्यक्ष पनि हाल खगराज निकट हुन् उनी प्रदेश सभा हारेका हुन् । गोरखाका रामशरण बस्नेत पनि गत चुनावमा प्रदेश सभामा पराजित हुन् । त्यसैगरी, अधिकारीसँग अहिले निकट हुन पुगेका किरण गुरुङ पनि शङ्करभण्डारी सँग पराजित हुन् ।

उता स्याङ्जाकी पद्मा अर्याल पनि गत चुनावमा धनराज गुरुङसँग पराजित  भएकी थिइन् । गुरुङनिकट बनेर चुनावमा मादी गाउँपालिका टिकट कब्जा गरेका महेन्द्र गुरुङ पनि अहिले अधिकारी समूहमा लागेका छन् । प्रदेश अधिवेशनमा आएका प्रतिनिधि तथा बन्दसत्र हल बाहिर भेटिएका एमाले म्याग्दीबाट आएका एक प्रतिनिधि (नाम नबताउने सर्तमा) भन्छन् “सबै हरुवा नै हरुवाहरूको गठजोडले कस्तो टिम बन्ने होला”?

अर्को रोचक त के छ भने, अधिकारीलाई केन्द्रबाट साथ दिने भनिएका एमाले महासचिव पोखरेल पनि गत चुनावमा रेखा शर्मासँग चुनाव हारेका थिए । तर, यसको ठीकविपरीत गुरुङसँग चुनाव जितेका विण्णु पौडेल को साथ रहेको भनिन्छ । त्यसैले, हरुवाहरूको गठजोड भन्दा गुरुङतर्फ लाग्ने नै उत्तम हुने अधिकाशं प्रतिनिधिको मत रहेको छ ।

यसैबीच, लमजुङका प्रतिनिधिहरूबीच पीएस गुरुङले गरेको छलफलमा लमजुङबाट प्रतिनिधि आएका ६५ मध्ये ६२ जना उपस्थित भएर अधिकारीलाई हाम्रो साथ छैन भन्ने निष्कर्ष निकालेको स्रोतले बतायो । यसले पनि अधिकारी जिल्लामै कति कमजोर रहेको पुष्टि हुन्छ । यद्यपि, को कति बलियो भन्ने कुरा चै चुनावी नतिजा पछि नै थाहा हुनेछ ।

यस्तो बनेको छ शंकर पोखरेलको समर्थन प्राप्त खगराजको टिम

अध्यक्ष – मायानाथ अधिकारी

उपाध्यक्ष – बाबुराम विक, नवलपुर

सचिव – रश्मि आचार्य, कास्की

उपसचिव – सन्तोष रावल, म्याग्दी

उपसचिव – मीना गुरुङ, कास्की

यस्तो बनेको छ विष्णु पौडेलको प्राप्त पृथ्वीसुब्बाको टिम

अध्यक्ष – नवराज शर्मा, म्याग्दी

उपाध्यक्ष – मीनप्रसाद गुरुङ, स्याङ्जा

सचिव – धनञ्जय दवाडी, लमजुङ

उपसचिव – मञ्जु अधिकारी, पर्वत

उपसचिव – दानबहादुर विक, कास्की


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved