काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।
बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उनको भनाइ थियो । निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको पनि जानकारी दिए ।
यसका लागि निजी क्षेत्रले अग्रसरता देखाए प्राधिकरणले ट्रान्सफरमरदेखि विद्युत् सप्लाईलयागत विभिन्न सुविधा दिने पनि उनको भनाइ थियो ।
पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ । घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए ।
बिजुलीबाट गाडी चलाउनँदा पेट्रोलियम पदार्थभन्दा २० गुणासम्म सस्तो हुने उनले बताए ।
Facebook Comment
Comment