काठमाडौं। विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौंको वौद्ध क्षेत्रमा घोनाई अर्थात विशेष रोपाइँजात्रा मनाइने भएको छ।
भादौ १५ गते गाइजात्राको भोलिपल्ट प्रतिस्पर्धात्मक रुपमा घोनाई मनाइने जात्रा आयोजक मूल समारोह समितिले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत समितिले दिएको जानकारी अनुसार कामपा वडा नम्बर ६ र वौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा सञ्चालन हुने जात्रामा १० विविध विधाहरुमा प्रतिस्पर्धा गराइने छ।
प्रतिस्पर्धामा सहभागीमध्येबाट हरेक विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउनेछन्। सहभागी समूहलाई सान्त्वना पुरस्कारस्वरुप २५ सय रुपैयाँ प्रदान गरिनेछ।
परम्परागत रूपमा काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा पर्वको भोलिपल्ट मनाउने वौद्धको रोपाईजात्राको विशेष महत्व छ ।
Facebook Comment
Comment