शरणार्थी काण्डमा जेल परेका पूर्वमन्त्री खाणमाथि अख्तियारले थाल्यो छानबिन

नेपालभ्युज

शरणार्थी काण्डमा जेल परेका पूर्वमन्त्री खाणमाथि अख्तियारले थाल्यो छानबिन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ।

उनकी पत्नी मञ्जु खाणमाथि पनि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु भएको जनाइएको छ।

नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, सङ्गठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाण यति बेला पुर्पक्ष थुनामा छन् । उनीमाथि अर्को झमेला आइलागेको हो।

पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको अख्तियार स्रोतले जनाएको छ। थप प्रक्रिया अघि बढ्ने चरणमा रहेको जनाइएको छ।

अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्छ।

आम्दानीको स्रोत देखाउन नसक्नेमाथि गैरकानूनी आर्जनको अभियोग र भ्रष्टाचारको मुद्दा चल्ने गरेको अभ्यास छ।

जेलमा रहेका खाणले जिल्ला अदालतको आदेश बदर गरेर तारिखमा रिहा हुनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved