सुन तस्करीमा सरकारकै संलग्नता हुनसक्ने कांग्रेस नेता केसीको शंका

छानबिन समिति बन्नुपर्नेमा जोड

नेपालभ्युज

सुन तस्करीमा सरकारकै संलग्नता हुनसक्ने कांग्रेस नेता केसीको शंका

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट ६० किलो सुन बाहिरिन नसक्ने बताएका छन् ।

‘केही सरकारका शक्ति सम्पन्न व्यक्तिको संलग्नताबिना त्यति धेरै सुन एयरपोर्टबाट बाहिरिनै सक्दैन’, बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘दुईवटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट त्यत्रो सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहेको पुष्टि हुन्छ ।’

उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने पनि बताए ।

‘जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु’, उनले भने, ‘सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ ।’

नेता केसीले संसद् अवरुद्ध गर्नु ठिक नभएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved