राम्रो निद्रा पाउनलाई आजैदेखि छोड्नुपर्ने बानी

नेपालभ्युज

राम्रो निद्रा पाउनलाई आजैदेखि छोड्नुपर्ने बानी

एजेन्सी। अहिलेको तनावपूर्ण जीवनमा निद्रासँग जोडिएको समस्या धेरै नै हुन्छ । निद्रा पूरा नहुँदा तपाईंलाई अल्छीपना आउने, थकान हुने जस्ता समस्या देखिन्छ । यस्तोमा केही साना साना बानीको कारणले पनि निद्रा नलाग्ने समस्या हुन सक्छ।

रातमा मोबाइल चलाउनु

रातमा सुत्नुअघि ढिलासम्म मोबाइल चलाउने बानीले पनि अनिद्राको शिकार हुन सकिन्छ । अत्यधिक समय स्क्रीनमा हेर्दा मेलाटोनिन हर्मोनको उत्पादनमा रोकावट आउँछ । जसले गर्दा सुत्ने साइकल नै बिग्रन्छ ।

चिया पिउनु

यदि तपाईंको सुत्नुअघि चिया पिउने बानी छ भने यसलाई पनि आजैदेखि छोड्नुहोस् । चियामा क्याफिन हुन्छ । यसले मेलाटोनिन हर्मोनको उत्पादनमा कमी ल्याउँछ जसले निद्रा नलाग्ने समस्या हुन्छ । दिनमा पनि अत्यधिक चियाको सेवन एकदमै हानिकारक हुन्छ ।

दिनमा सुत्नु

कतिपय व्यक्तिको दिउँसोमा पनि सुत्ने बानी हुन्छ। उनीहरु दिउँसोको खानापछि सुत्ने गर्छन्। यसरी उनीहरुलाई रातमा निद्रा नलाग्ने समस्या हुन सक्छ। दिनमा सुत्ने बानीले स्लिप साइकल बिग्रन्छ जसले गर्दा गडबडी हुन थाल्छ।

मेडिनेशन नगर्नु

कयौं मानिस बेडमा जानुअघि ध्यान गर्दैनन्। रातमा सुत्नुअघि एकफेर मेडिटेशन गर्नु एकदमै जरुरी हुन्छ । यसले तपाईंलाई रिल्याक्स महसुस गराउँछ। साथै मन र दिमाग पनि शान्त हुन्छ। यसरी तपाईंलाई राम्रो निद्रा लाग्छ ।

समयतालिका नअपनाउनु

स्वस्थ तथा पूरा निद्रा सुत्नका लागि समयमै सुत्ने र बिहान चाँडो उठ्ने समयतालिका अपनाउनु पर्दछ। रातको समयमा सुत्नाले निद्रा पनि पूरा हुन्छ र वातावरण पनि शान्त हुन्छ । बिहानको समयमा धेरै सुत्दा पनि राति निद्रा लाग्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved