एजेन्सी । अहिलेको व्यस्त लाइफस्टाइलमा हामी आफ्नो कपालको देखभाल राम्रोसँग गर्न पाउँदैनौं । यही कारणले गर्दा सधैं कपालसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यस्तोमा तपाईं आफ्नो घरमै फलफूलको हेयर मास्क बनाएर कपाल झर्नबाट जोगाउन सक्नुहुन्छ ।
स्वास्थ्यका साथ किवी कपालका लागि एकदमै राम्रो हुन्छ । यसको हेयर मास्क बनाउनका लागि दुईवटा किबीलाई ताछेर त्यसको फल निकाल्नुहोस् । त्यसलाई मिक्सरमा राखेर राम्रोसँग पिस्नुहोस् । अब यसमा एक चम्चा प्याजको रस र एक चम्चा ओलिभ ओइल मिलाउनुहोस् ।
यस हेयर मास्कलाई पूरा कपालमा राम्रोसँग लगाउनुहोस् । लगभग २० देखि २५ मिनेट पछि कपाल धुनुहोस् । यो मास्क तपाईंको स्काल्पलाई राम्रोसँग सफाई गर्नका लागि सहयोगी हुन्छ ।
त्यस्तै, सुन्तलाको प्रयोगले पनि कपाललाई राम्रो र बलियो बनाउन सकिन्छ । यसमा भिटामिन ‘सी’ को भरपूर मात्रा हुन्छ जो स्काल्पका लागि राम्रो हुन्छ । सुन्तलाले कपाल बढाउनुका साथै त्यसलाई बलियो बनाउन पनि सहयोग गर्छ ।
यसका लागि सुन्तलाको जुस निकालेर यसमा दुई चम्चा मह मिसाउनुहोस् । अब यसमा दुई चम्चा दही राखेर एउटा पेस्ट तयार गर्नुहोस् । उक्त पेस्टलाई कपालमा राम्रोसँग लगाउनुहोस् । यसलाई पनि २०–२५ मिनेटर राखेपछि कपाललाई धुनुहोस् । यसले कपाल मुलायम तथा चमकदार देखिनेछन् ।
यसरी विभिन्न फलफूलको हेयर मास्क बनाएर तपाईं आफ्नो कपालको स्याहार घरमै गर्न सक्नुहुन्छ । यसरी तपाईंको समय तथा सैलुनमा गएर सकिने पैसा पनि बच्नेछ । साथै, यी सबै प्राकृतिक सामग्री भएकाले गर्दा यसले कपाललाई नराम्रो असर पनि गर्दैन ।
Facebook Comment
Comment