यी गुलिया खानेकुरा, जो नोक्सानदायक छैनन्

नेपालभ्युज

यी गुलिया खानेकुरा, जो नोक्सानदायक छैनन्

एजेन्सी । गुलियो खानु भनेको स्वास्थ्यसँग जोडिएका कयौं प्रकारका समस्यालाई निम्तो दिनु जस्तै हो । यदि तपाईंलाई पनि जतिबेला गुलियो खाने चाहना हुन्छ भने आउनुहोस् जानौं केही त्यस्ता खानेकुरा बारे जसले तलतल मेटिन्छ र बेफाइदा पनि गर्दैन ।

गुलियो खान मन लाग्नुको कारण

  • अत्यधिक मात्रामा काब्र्सको सेवन गर्नु
  • धेरै नुन वा नुन भएका चिजको सेवन गर्नु
  • पानी कम पिउनु वा डिहाइड्रेशन
  • मुड राम्रो बनाउनका लागि
  • गर्भावस्थाको बेला पनि हर्मोनल असन्तुलनले गर्दा

अब जानौं कस्ता गुलिया खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुँदैनन् त ?

गुड वा सख्खर– यदि तपाईंलाई गुलियो एकदमै खान मन लाग्छ भने थोरै गुड खान सक्नुहुन्छ । गुडलाई पूर्वका पहाडी जिल्लामा सख्खर पनि भनिन्छ । यसले क्रेविंग पनि कम हुन्छ र कयौं प्रकारका पोषक तत्व पनि पाइन्छ ।

मह– त्यस्तै खाना खाएपछि वा अन्य कुनै समयमा गुलियो खान मन लाग्दा एक चम्चा मह खान पनि सक्नुहुन्छ । यसले पनि गुलियो खाने क्रेविंग कम हुन्छ । साथै यसमा अन्य पोषक तत्व पनि पाइन्छ ।

खजुर– तपाईंलाई कुनै पनि बेला गुलियो खान मन लाग्दा खजुर खान सक्नुहुन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक त हुन्छ नै साथमा एकदमै गुलियो पनि हुन्छ ।

पीनट बटर– तपाईं ब्रेडमा चकलेट, जाम आदि खान भन्दा पीनट बटर लगाएर खान सक्नुहुन्छ । यसले गुलियो खाने लत त कम गर्छ नै साथमा प्रोटिन पनि प्राप्त हुन्छ ।

फलफूल– गुलियो खान एकदमै मन लागिरहन्छ भने तपाईं गुलियो फलफूललाई पनि आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved