एजेन्सी। हामी बच्चाहरूसँग रमाउने क्रममा कहिलेकाही बच्चालाई अत्यधिक काउकुती लगाइदिन्छौं। बच्चालाई अत्यधिक काउकुती लगाउँदा उनीहरूको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
काउकुती पनि धेरै प्रकारका हुन्छन्, जसले शरीरमा असर छोड्छ । आउनुहोस् जानौं बच्चालाई काउकुती लगाउँदा हुने नोक्सानहरू :
नाइस्सिसिस काउकुती
बच्चालाई राम्रो महसुस गराउनका लागि गरिने काउकुतीलाई नाइस्मिसिस भनिन्छ । यसमा बच्चाको छालामा हल्का हातले स्पर्श गरिन्छ, जसले हाँसो लाग्दैन तर बच्चालाई आनन्द प्राप्त हुन्छ।
गार्गलेसिस काउकुती
बच्चालाई गार्गलेसिस काउकुती आफैँ हुने हुँदैन । यसमा हात, पेट वा खुट्टाको पैतलामा कडा दबाव दिइन्छ जसले गर्दा बच्चालाई हाँसो लाग्छ ।
बच्चालाई दुख्नु
बच्चालाई काउकुती गर्दा दुख्ने समस्या पनि हुन सक्छ । धेरै कडा र लामो समय गरिने काउकुतीले बच्चालाई पेट दुख्ने समस्या हुन सक्छ ।
बच्चा चिडचिडाउने
बच्चालाई पटक-पटक काउकुती गर्ने गरेमा उनीहरू चिडचिडाउने वा दिक्क हुने गर्दछन् । बच्चालाई काउकुती गर्दा उनीहरूको हाँस्नुको सट्टा रुने पनि गर्दछन् ।
बच्चालाई पटक-पटक काउकुती गर्ने गरेमा त्यसलाई टिकलिंग टर्चर पनि भन्ने गरिन्छ । बच्चालाई काउकुती जहिले पनि हल्का हातले र छोटो समय गर्ने गर्नुपर्दछ । यदि, बच्चालाई लामो समय काउकुती गरिराख्यो भने उनीहरूका लागि त्यो टर्चर पनि हुन सक्छ ।
त्यस्तै, अत्यधिक काउकुती गर्ने गरेमा उनीहरूलाई बाडुली आउने समस्या पनि हुन सक्छ । त्यसैले, बच्चालाई काउकुती गर्नुभन्दा पहिला एकदमै सतर्कता अपनाउनुपर्दछ । त्यसैले, पनि बच्चालाई काउकुती हानिकारक मान्ने गरिन्छ ।
Facebook Comment
Comment