सिंहदरबारभित्र धारा उद्घाटन गर्दै मन्त्री खानले भने, मैले जति अरुले काम गरे देश बन्न समय लाग्दैन

नेपालभ्युज

सिंहदरबारभित्र धारा उद्घाटन गर्दै मन्त्री खानले भने, मैले जति अरुले काम गरे देश बन्न समय लाग्दैन

काठमाडौं। खानेपानीमन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन्।

शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन्।

आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको उनले दाबी गरे। उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरूलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणाअनुसार सिंहदरबारबाट काम सुरु गरेको समेत बताए।

उनले अब छिटै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए। उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको बताए।

मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको‍ मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे। उनले देशका रेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए।

उनले भने,’हामीले एक घर एक धाराको अभियानका रुपमा काम अघि बढाइरहेका छौँ। यो काममा हाम्रो मन्त्रालय अघि बढेको छ। हामीले पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेअनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved