बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरले जित्यो

नेपालभ्युज

बुढासुब्बा गोल्डकपको उपाधि एभिनियरले जित्यो

धरान । धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियरले जितेको छ । धरान १६ स्थित रङ्गशालामा शनिबार सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले नगद  २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद  २५ हजार प्राप्त गरे ।

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद १० हजार पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए । विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेटल प्रदान गरे । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved