जनकपुरधाम । मधेस प्रदेशमा आज बलिदान दिवस मनाइँदैछ । प्रदेश सरकारले दिवसका अवसरमा आज सार्वजनिक दिएको छ।
प्रदेश राजपत्रमा उल्लेखित बलिदान दिवसको अवसरमा माघ ५ गते सार्वजनिक बिदा दिइएको हो ।
प्रथम मधेस आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतोले शहादत पाएको स्मरण गर्दै बलिदानी दिवस मनाउँने गरिएको छ । प्रथम मधेस आन्दोलनको १६ वर्ष पूरा भएको छ ।
२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताले अन्तरिम संविधानको प्रतिलिपि जलाउँदा प्रहरीले पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भएका थिए । त्यसपछि मधेसभर आन्दोलन चर्किएको थियो ।
प्रदेश सरकारसहित मधेस केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।
Facebook Comment
Comment