बारामा निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ

नेपालभ्युज

बारामा निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं। बाराको जीतपुर सिमरा उपमहानग-७ का वडाध्यक्ष सुनील गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयसमेत रहेको उपमहानगरपालिकामा तालाबन्दी गरेपछि प्रहरीले गुप्तालाई पक्राउ गरेको हो।

बाराका प्रहरी प्रमुख एसपी होविन्द्र वोगटीले नगरपालिकाको आन्तरिक विवादलाई लिएर तालाबन्दी गरेको बताए। निर्वाचन सम्बन्धी काम भइरहेको समयमा आज दिउँसो १ बजे तालाबन्दी गरेका गुप्तालाई प्रहरीले केहीबेरमै पक्राउ गरिएको वोगटीले जानकारी दिए।

प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ। वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ। गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved