श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या

नेपालभ्युज

काठमाडौं। दाङमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका-१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए।

त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए।

बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले जनाए। मृतकका दुई छोरा र एक छोरी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved