जनकपुरधाम। जनकपुरबाट भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. २ बस्ने ४० वर्षीय रञ्जित कुमार मण्डल र सोही ठाउँ बस्ने ३४ वर्षीय सूर्यनाथ झा रहेका छन् ।
निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप गोप्य सूचनाको आधारमा बिहीबार साँझ साढे ७ बजे स्थानीय रामानन्द चोकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूको साथबाट NITROVET–10 ३० को दरले ९०० ट्याब्लेट, EXIPLON 100ml १५ पत्ता २० को दरले ३०० ट्याब्लेट गरी जम्मा १२०० ट्याब्लेट र EXIPLON 100ml को ५० वटा बोतल भएको प्रतिबन्धित लागुऔषध बरामद भएको उनले बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भई लिएर आइरहेको अवस्थामा लागुऔषधसहित दुवैजनालाई पक्राउ गरिएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment