ट्रम्पको बिग ब्युटिफुल बिल अमेरिकी कंग्रेसबाट पारित

नेपालभ्युज

ट्रम्पको बिग ब्युटिफुल बिल अमेरिकी कंग्रेसबाट पारित
तस्वीर - एएफपी

काठमाडौं । अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित बिग ब्युटिफुल बिल पारित गरेको छ । यसलाई अमेरिकी राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयको रूपमा हेरिएको छ ।

बिहीबार कंग्रेसले २१८ को विरुद्ध २१४ मतले बिल पारित गरेको हो । यसअघि मंगलबार सिनेटबाट पनि अनुमोदन भएको थियो ।

ट्रम्पले रिपब्लिकन नियन्त्रित कांग्रेसलाई विधेयकमा हस्ताक्षर गर्न जुलाई ४ सम्मको समयसीमा दिएका थिए ।

कंग्रेसनल बजेट अफिसले अनुमान गरेको छ, “बिलले आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलरले बढाउन सक्छ ।” यसले लाखौं मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने अनुमान पनि गरिएको छ, यद्यपि ह्वाइट हाउसले यसलाई अस्वीकार गरेको छ ।

बिल पारित भएपछि ट्रम्पले बिहीबार साँझ पत्रकारहरूलाई भने, “यो उपायले देशलाई छिटो अगाडि बढाउनेछ । यो देशको लागि एउटा ठूलो बिल हुनेछ ।”

जुलाई ४ मा ट्रम्पको हस्ताक्षरसँगै यो विधेयक कानुनमा परिणत हुने अपेक्षा गरिएको छ ।

ट्रम्प र मस्कबीच दुस्मनी बढाउने ‘वान बिग ब्युटिफुल बिल’ के हो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved