बुटवल । अर्घाखाँचीमा दाजुले बन्चरो प्रहार गरि भाईको हत्या गरेका छन । जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपक सिंह बिष्टले बताए।
प्रहरीका अनुसार दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहने र बिहीबार राति दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा भएको हो । दुई दाजु भाइ विच भएको आपसी झगडाले उग्ररूप लिएपछि उक्त घटना घटेको हो ।
बञ्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लगेपनि प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले बिहीबार राती नै मृत घोषणा गरेको थियो ।
भाइलाई बञ्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा राति नै नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।
Facebook Comment
Comment