गौरबाट लागुऔषधसहित एक युवक पक्राउ

नेपालभ्युज

गौरबाट लागुऔषधसहित एक युवक पक्राउ

रौतहट । रौतहटको गौरबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाइ ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध प्रहरीले बरामद गरेको हो ।

चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट रोकी चेकजाँच गर्दा विकलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लागुऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको छ ।

प्रहरीले विकको बयानका आधारमा बसका कर्मचारीलाई समेत पक्राउ गरी सोधपुछ थालेको जनाएको छ । यस घटनाकाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved