काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथको हालत (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथको हालत (तस्वीरहरू)

काठमाडौं । देशको केन्द्रीय राजधानीलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव-हेटौंडा सडक (कान्ति लोकपथ) अहिले सबैभन्दा चल्तीको सडक हो ।

पछिल्लो समय बीपी राजमार्गमा समस्या आएकाले हेटौंडा हुँदै पूर्व जाने सवारीसाधनले पनि यो सडक प्रयोग गर्ने गरेका छन् । बाढीको जोखिमका कारण अहिले बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५:३० सम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

त्यसो त टीकाभैरव-हेटौंडा सडक पनि जोखिमरहित भने छैन। टीकाभैरवदेखि भिमफेदी (बागमती पुलसम्म) ठाउँठाउँमा पहिरो झरेको छ । पानी परेपछि बाटो हिलो भएर सवारी साधन फस्ने समस्या छ । पानी परेको बेला हुस्सु लागेर भिजिबिलिटी निकै कम हुने गरेको छ ।

यसैगरी भिमफेदी ( बागमती खोला ) देखि मकवानपुर गढीसम्म ठाउँठाउँमा सुख्खा पहिरो जाने अनि ढुंगाहरु खस्ने भइरहेको छ । बाटो निर्माणको काम पनि भइरहेको छ ।

  

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved