विकल पौडेलसहितको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

नेपालभ्युज

विकल पौडेलसहितको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितको मुद्दामा विशेष अदालतबाट आएको आंशिक सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले पौडेलसहित नवीनकुमार पोखरेल, रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, रामबहादुर बुढा र शिरिष उपाध्यायसहितका प्रतिवादीले सुरक्षा मुद्रण केन्द्रका लागि सामान खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved