सम्पत्ति शुद्धीकरण मुद्दा : कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्च अदालतबाट सफाइ

नेपालभ्युज

सम्पत्ति शुद्धीकरण मुद्दा : कांग्रेस नेता गणेश लामाले पाए सर्वोच्च अदालतबाट सफाइ

काठमाडौं । विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट दोषी ठहर भएका लामालाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना हुने फैसला भएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै लामाको सम्पत्ति वैध बनेको छ ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको रकम विभिन्न आपराधिक क्रियाकलापबाट कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा २०७० जेठ ५ मा मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved