संबैधानिक नियुक्ति विवाद : आएन फैसला, असार १८ को अर्को मिति तोकियो

नेपालभ्युज

संबैधानिक नियुक्ति विवाद : आएन फैसला, असार १८ को अर्को मिति तोकियो

काठमाडाैं । संवैधानिक नियुक्तिविरुद्धको रिटमा बुधबार फैसला नआउने भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदको सिफारिशमा नियुक्त गरिका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिसम्बन्धी रिटमा बुधबार फैसला नआउने भएको हो ।

बुधबार फैसला इजलास अधिकृतले नआउने त्यहाँ उपस्थित रिट निवेदकहरूलाई जानकारी गराएका हुन् ।

फैसलाको अर्को मिति असार १८ गतेलाई सारिएको छ । अदालती भासामा यसलाई निसु सरेको भन्ने गरिन्छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबारका लागि फैसलाको निसु तोकेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved