काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह सल्लाहकारसहित फ्रान्स र ब्राजिल जाँदा ३२ लाख रुपैयाँ भन्दाबढी रकम अनियमितता भएको महालेखापरीक्षकको २०८०–८१ को प्रतिवेदनले देखाएको छ ।
महानगरबाट विभिन्न चार शीर्षकमा भएको खर्चमा अनियमितता देखिएको हालै सार्वजनिक भएको लेखापरीक्षण प्रतिवेदनले औँल्याएको हाे ।
वैशाख ३१ गते कामपा प्रमुख शाह पेरिसमा भएको कान्स फिल्म फेस्टिभलमा सहभागी हुन जाँदा भौचर नम्बर ४२६२ मा २०८१ एक लाख ४४ हजार ७०७ रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, २०८१ असार २ गते उनी पुन कान्समा सहभागी हुनका लागि फ्रान्स गएका थिए । सोबेला पनि भौचर नम्बर ५०९१ मा ६२ हजार ५३१ रुपैयाँ अनियमित भएको लेखापरीक्षणले जनाएको छ ।
सोही दिन कामपा प्रमुख शाह र सल्लाहकार सुनिल लम्साल ब्राजिलको साउथ पाउलोमा ‘मेट्रोपोलिस बोर्ड अफ डिरेक्सन मिटिङ’मा सहभागी हुन जाँदा १० लाख २३ हजार रुपैयाँ अनियमितता भएको महालेखाले जनाएको छ ।
त्यसैगरी, २०८१ असार १८ गते बालेन पुन सल्लाहकार लम्साल र कुमार व्यञ्जनकारसँग कान्सका लागि फ्रान्स पुगेका थिए । सो समयमा २० लाख ४९ हजार १६५ रुपैयाँ अनियमितता भएको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comment
Comment