ट्रम्पको यात्रा प्रतिबन्ध लागू, यी १२ देशका नागरिकले अमेरिका जान पाउने छैनन्

नेपालभ्युज

ट्रम्पको यात्रा प्रतिबन्ध लागू, यी १२ देशका नागरिकले अमेरिका जान पाउने छैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ ।

ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए, जसमा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पको यात्रा प्रतिबन्ध इरान, अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूका लागि भएको बीबीसीकाे समाचारमा उल्लेख छ ।

साथै, सात देशका मानिसहरूलाई अमेरिकामा प्रवेशमा आंशिक रुपमा प्रतिबन्ध लगाइएको छ । यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved