काठमाडाैं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता र जलवायु पारदर्शितामा जोड दिने उद्देश्यले सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको छ।
बैंकले कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) विधिअनुसार तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण विश्लेषण गरिएको छ। प्रतिवेदन अनुसार सन् २०२३/२४ मा कुल २०२,०१३.४२ टन CO₂ समकक्ष (tCO₂e) कार्बन उत्सर्जन भएको उल्लेख छ।
प्रमुख ऋण क्षेत्रहरूको उत्सर्जन विवरण :
-
व्यापार कर्जा (Business Loans) – १९०,२९३.४२ tCO₂e
-
परियोजना वित्त (Project Finance – जलविद्युत बाहेक) – ७०५.५६ tCO₂e
-
गाडी कर्जा (Motor Vehicle Loans) – १,५२८.९८ tCO₂e
-
घर कर्जा (Mortgage Loan) – ९,४८५.४६ tCO₂e
त्यसैगरी, बैंकले जलविद्युत परियोजनामा गरेको लगानीबाट २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुगेको पनि प्रतिवेदनमा उल्लेख छ। यसले नवीकरणीय ऊर्जा समाधानप्रति बैंकको प्रतिबद्धतालाई बलियो बनाएको छ।
‘मिसन १० हजार’अन्तर्गत वृक्षारोपण
जलवायु संकटको सामना गर्न बैंकले चालु आर्थिक वर्षमा ‘मिसन १०,००० (Mission 10K)‘ अभियानअन्तर्गत वृक्षारोपणको महत्वाकांक्षी योजना अघि सारेको छ। हालसम्म अभियानअन्तर्गत ७ हजार ५०० भन्दा बढी रुख रोपिइसकेको बैंकले जनाएको छ। बाँकी वृक्षारोपण कार्य आगामी महिनाहरूमा सम्पन्न गरिनेछ।
दिगोपन रणनीतिमा अगाडि
सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्यमा योगदान पुर्याउने उद्देश्यले बैंकले ग्रीन फाइनान्स, ऊर्जा-दक्ष कर्जा, र थ्रीआर (3R – Reduce, Reuse, Recycle) अवधारणा अनुरूप आफ्ना सेवा र आन्तरिक प्रणालीहरू सुधार गर्दै आएको छ।
भविष्यमा बैंकले अन्य कर्जा वर्गहरू पनि समेटेर कार्बन मापनको दायरा विस्तार गर्ने जनाएको छ, जसले बैंकको पारदर्शिता र जवाफदेहितामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
बैंकले जारी गरेको विज्ञप्ति :

Facebook Comment
Comment