प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक, तराई पोष्टका प्रतिनिधि र प्रकाशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त नगरको वडा नं ४ मा कृषकहरूलाई औषधि स्प्रे ट्याङ्की  वितरणमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार का प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपपत्रमा शम्भुकुमारसहित तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक रामजी बगाले, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र नगरका तत्कालीन सह–लेखापाल नवीकुमार यादवलाई प्रतिवादी बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved