ट्रम्प प्रशासनले डर फैलाउँदैछ : कमला ह्यारिस

नेपालभ्युज

ट्रम्प प्रशासनले डर फैलाउँदैछ : कमला ह्यारिस

काठमाडौं । अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनका कार्यहरू  जनताको सुरक्षाका लागि नभई डर फैलाउनका लागि भएको बताएकी छन् ।

“नेसनल गार्ड परिचालन गर्नु अराजकता भड्काउने खतरनाक कदम हो… यो ट्रम्प प्रशासनको क्रूर र सुनियोजित एजेन्डाको एक हिस्सा हो, जसले त्रास र विभाजन फैलाउँछ,” ह्यारिसले भनिन्।

“विरोध एउटा शक्तिशाली उपकरण हो जुन  न्यायको लडाईमा अपरिहार्य छ ,”  एक्समा ह्यारिसले भनिन्  “हाम्रा सबैभन्दा आधारभूत अधिकार र स्वतन्त्रताको रक्षा गर्न उभिने लाखौं अमेरिकीहरूलाई म निरन्तर समर्थन गर्छु।”

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी  ह्यारिसले सन् २०२६ मा आफ्नो गृह राज्य क्यालिफोर्नियाको गभर्नर पदका लागि उम्मेदवारी दिने विचार गरेको  बीबीसीको समाचारमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved