सप्तकोसीमा बेपत्ता एक गोताखोर अझै भेटिएनन्

नेपालभ्युज

सप्तकोसीमा बेपत्ता एक गोताखोर अझै भेटिएनन्
फाइल तस्वीर

धरान । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए । – रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved