पोखरामा ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै यातायात व्यवसायीको विरोध

नेपालभ्युज

पोखरामा ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै यातायात व्यवसायीको विरोध

पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको भन्दै यातायात व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।

यातायात व्यवसायीहरूले आइतबार बिहानैदेखि सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् । गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानुनी मान्यता पाएपछि यातायात व्यवसायी त्यसको विरोधमा उत्रेका हुन् ।

गत शुक्रबारदेखि आन्दोलरत रहेका यातायात व्यवसायीहरूले माग पूरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved