जसपा नेपालका प्रदेश सांसद कुशवाहाको घरमा अख्तियारको छापा, निजी सचिव कायस्थ नियन्त्रणमा

कुशवाहा भने सम्पर्कविहीन

नेपालभ्युज

जसपा नेपालका प्रदेश सांसद कुशवाहाको घरमा अख्तियारको छापा, निजी सचिव कायस्थ नियन्त्रणमा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ ।

महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद कुशवाहाको घरमा सोमबार छापा मार्ने क्रममा उनका निजी सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

सरकारबाट आएको योजना बेचेको आशंकामा कुशवाहाको घरमा अख्तियारले छापा मारेको हो ।

सो क्रममा योजनासँग सम्बन्धित केही कागजात पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

सांसद कुशवाहा भने अहिले सम्पर्कविहीन भएको बुझिएको छ ।

कुशवाहा एउटै निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved