हात्तीवनमा मनाइयो उभौली (तस्वीरहरू)

हात्तीवनमा मनाइयो उभौली (तस्वीरहरू)

काठमाडौं । किराँत समुदायले देशभर भव्य रूपमा उभौली पर्व मनाउँदैछन् ।

कृषि युगको प्रारम्भसँगै किराँत समुदायले पृथ्वी, प्रकृति र मौसमी चक्रसँग समन्वय गर्दै उभौली मनाउने परम्परा सुरु गरेका हुन् ।

वसन्त ऋतुमा बालीनाली राम्रो होस्, दैवी प्रकोप नहोस् भन्ने कामना गर्दै भूमिपूजा गरिन्छ । पर्वको अवसरमा किराँती समुदायले साकेला (सखेवा) र शिली नाच नाच्ने चलन छ भने लिम्बु र याक्खा समुदायले च्याब्रुङ नाचमार्फत प्रकृतिलाई आराधना गर्ने गर्छन् ।

यसै अवसरमा आज (सोमबार) हात्तीवनमा स्थानीय किराँत समुदाय भेला भई परम्परागत रीतिथितिअनुसार उभौली पर्व मनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved