मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

नेपालभ्युज

मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार बिहानसम्म पनि घर नआएपछि खोजी गरिएको थियो । गाउँलेले खोजतलास गर्दै जाँदा उनी बिहान १० बजेको समयमा भीरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठसहित अस्थायी प्रहरी पोस्ट मार्खु र इलाका प्रहरी कार्यालय पालुङको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल मृतकको शव निकाल्ने पहल भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved