माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सुरु गर्ने

नेपालभ्युज

माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सुरु गर्ने
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार सम्पन्न बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

बैठकले हुलाकी मार्ग केन्द्रित अभियान राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको निष्कर्ष निकालेको छ। अभियानमा सहभागिता जनाएका जनसमुदायप्रति धन्यवाद ज्ञापन गर्दै बैठकले प्रस्ताव पारित गरेको छ।

बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे विस्तृत छलफल भएको थियो। माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग अभियानलाई पनि सफल बनाउने लक्ष्य लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved