बोरिङ खनिएको खाल्डोमा दबिएर बोलेरो गायब, चालक र सहचालकले भागेर जोगाए ज्यान

नेपालभ्युज

बोरिङ खनिएको खाल्डोमा दबिएर बोलेरो गायब, चालक र सहचालकले भागेर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौँडामा रोकिराखेको बोलेरो जमिन भासिँदा गायब भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको बोलेरो गायब भएको हो ।

चालक हरि राई र सहचालक भने बोलेरो भासिनुअघि नै निस्किएर भागेका थिए । अहिले गाडी फसेको ठाउँमा जेसिबी लगाएर खोज्दासमेत फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा पानी निकाल्नको लागि बोरिङ खनिएको थियो । पानी ननिस्किएपछि छाडिएको खाल्डोमा गाडी दबिएर स्थानीय बताउँछन् ।

घटना शुक्रबार साँझ ५ बजेतिरको हो । तर, अहिलेसम्म बोलेरो निकाल्न सकिएको छैन ।

अहिले मोटर चलाएर पानी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved