सहकारी ठगी प्रकरण: सांसद माया राईविरुद्ध ५ दिन म्याद थप

नेपालभ्युज

सहकारी ठगी प्रकरण: सांसद माया राईविरुद्ध ५ दिन म्याद थप

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेकी सांसद माया राईविरुद्ध ५ दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपील राज बोहराले जानकारी दिए  ।

अदालतले राईलाई यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनी वैशाख १३ गते पक्राउ परेकी थिइन्।

नेपाली कांग्रेसकी सांसद राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब १९ करोड ३० लाख ९४ हजार ४९३ रुपैयाँ अपचलन गरेको गम्भीर आरोप छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयसम्म फरार रहेकी थिइन्।

स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव रहेकी राईलाई सुरुमा यो मुद्दामा उन्मुक्ति दिइएको थियो, जसको चौतर्फी आलोचना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved