विष्णुमती पुलनजिक मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

नेपालभ्युज

विष्णुमती पुलनजिक मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमती पुलनजिक बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बा ८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved