श्रीमान् ओछ्यानमै मृत फेला परेपछि श्रीमती पक्राउ

नेपालभ्युज

श्रीमान् ओछ्यानमै मृत फेला परेपछि श्रीमती पक्राउ

जनकपुरधाम । सप्तरीको कञ्चनरुप नगरपालिका-८ मा एक पुरुष आफ्नै सुत्ने कोठामा मृत फेला परेका छन्। ४८ वर्षीय श्याम कुमार गुप्ता आज बिहान १० बजेतिर मृत अवस्थामा भेटिएपछि प्रहरीले उनकी श्रीमती गुञ्जा गुप्तालाई पक्राउ गरेको छ।

कञ्चनपुर प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतक गुप्तालाई उनकी छोरीले उठाउन खोज्दा उनी ओछ्यानमै मृत भेटिएका थिए। घटना शंकास्पद देखिएपछि प्रहरीले तत्कालै अनुसन्धान थालेको छ र मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार मृतक गुप्ता अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ।

स्थानीय बासिन्दाले मृतककी श्रीमती गुञ्जा मानसिक रोगी रहेको बताएका छन् र सोही कारण हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सप्तरी प्रहरीले अत्यधिक मदिरा सेवनका कारण वा श्रीमतीको संलग्नतामा मृत्यु भएको हो भन्ने दुवै कोणबाट घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved