जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने

नेपालभ्युज

जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।

कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य ताजूब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य कमन देवान याक्खाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।

सो कार्यक्रममा पार्टीको तर्फबाट आन्दोलनको अवधारणा पत्र प्रस्तुत गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved