जम्मू–कश्मीर हमलाबारे सरकारले भन्यो : हामी सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछौं

नेपालभ्युज

जम्मू–कश्मीर हमलाबारे सरकारले भन्यो : हामी सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछौं

काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा सन्दीप न्यौपाने नामका एक नेपाली पनि छन् ।

जम्मू–कश्मीर आक्रमण : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, मोदीले छोट्याए साउदी भ्रमण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved