गाडीमा आगलागी भएको घटना : मृत्यु भएका सबैको सनाखत

नेपालभ्युज

गाडीमा आगलागी भएको घटना : मृत्यु भएका सबैको सनाखत

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका १० निवासी गाडी चालक दुर्गा भट्टराई, ललितपुरकी वर्ष १६ की आध्या आचार्य, झापाकै झापाका वर्ष ७० का विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य उनका १० वर्षीय छोरा भविमय आचार्य छन् । मृत्यु भएकी आध्या पनि सविनाकी छोरी हुन् ।

फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।

सोमबार बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।

पाथीभरा दर्शनका लागि गइरहेको गाडीमा आगलागी : चार जनाको मृत्यु, दुई घाइते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved