बागलुङमा करेन्ट लागेर एक किशोरको मृत्यु

नेपालभ्युज

बागलुङमा करेन्ट लागेर एक किशोरको मृत्यु
प्रतीकात्मक तस्वीर।

ढोरपाटन । बागलुङको बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको शुक्रबार साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पुर्याइएको थियो ।

अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved