शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

नेपालभ्युज

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार
सांकेतिक तस्वीर।

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि लक्षित गरी गोली प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, मायादेवी गाउँपालिका-१ पकडीस्थित आफ्नै निवासमा बिहीबार राति शौचालयबाट निस्किने क्रममा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो।

सौभाग्यवश, गोली उनलाई नलागेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved