रौतहटबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

नेपालभ्युज

रौतहटबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

राजदेवी नगरपालिका वडा नम्बर– ८ लक्ष्मीपुर बेलविछवा नाका नजिकै रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवम् झैझगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहारस्थित नन्दवाराका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान बरामद गरिएको हो ।

अवैध हतियार र लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।

नेपाल–भारत सीमा क्षेत्रबाट अवैध हतियार र लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved