७ वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार, घटना ढाकछोपको प्रयास

नेपालभ्युज

७ वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार, घटना ढाकछोपको प्रयास

काठमाडौं । कैलालीको टीकापुरस्थित राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीका अनुसार, पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा चैत ११ गते किशोरलाई पक्राउ गरिएको हो। घटना चैत ६ गते भएको प्रहरीले जनाएको छ।

पीडित बालिकाको योनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो।चिकित्सकले बालिकामाथि बलात्कार भएको बताएपछि घटनाको खुलासा भएको हो।

पीडित परिवारले घटना ढाकछोप गर्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेको आरोप लगाएका छन्। विद्यालयको बदनाम हुने डरले आर्थिक लेनदेन गरेर घटना गुपचुप गर्न दबाब दिइएको उनीहरुको भनाइ छ। पीडित परिवारले न्यायका लागि मानव अधिकार आयोगमा पनि उजुरी दिएका छन्।

विद्यालयका सञ्चालक नवलसिंह रोकायाले भने घटना बाहिर हल्ला भएजस्तो नभएको दाबी गरेका छन्। “बाहिर आएको जस्तो होइनजस्तो लाग्छ। मैले पनि सबै बुझ्न बाँकी छ। बुझेर भन्छु,” रोकायाले भने।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved