महानगर आउन छाडे बालेन

नेपालभ्युज

महानगर आउन छाडे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हप्ता दिन यता कार्यालय छिरेका छैनन् ।

२१ चैतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर भएको दिनदेखि बालेन कार्यालय आउन छाडेका छन् ।

गैरकानुनी तवरले काठमाडौं भ्यू टावरको नक्सा पास गरेको भन्दै बालेनले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । तर, उपमेयर सुनीता डङ्गोल, वडाध्यक्ष, कर्मचारी र सङ्घ सरकारको चर्को दबाबपछि करिब चार महिनापछि गुरागाईं कार्यालयमा हाजिर भए ।

बालेन भने गुरागाईंलाई कुनै हालतमा हाजिर हुन नदिने पक्षमा थिए । नगरप्रहरी बल लगाएर गुरागाईंलाइ रोक्ने प्रयाससमेत गरेका थिए, बालेनले ।

आफूबाहेक सिङ्गो महानगर गुरागाईंलाई हाजिर गराउने पक्षमा रहेका थाहा पाएका बालेन २१ चैतमा काभ्रेपलाञ्चोक पुगेका थिए ।

आफ्नो अडान विपरित गुरागाईं हाजिर भएपछि बालेन कार्यालय आउन छाडेका हुन् । कार्यालय नआईकनै बालेन २७ चैतमा भैरवहिटी अवलोकनमा गएका थिए ।

महानगर स्रोतका अनुसार मेयर बालेन पछिल्लो एक हप्तायता ‘कि घरमा हुन्छन् नभए कार्यालय नआईकनै अनुगमन वा भेटघाटमा’ हुन्छन् । गुरागाईंको सरुवा नहुँदासम्म बालेन कार्यालय आउने छाँट छैन ।

साढे तीन महिनापछि हाजिर लगाएका गुरागाईं महानगरमा बस्छन् कि सरुवा लिन्छन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved