तीनकुने घटना : थप दुईजना पक्राउ

नेपालभ्युज

तीनकुने घटना : थप दुईजना पक्राउ

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।

मङ्गलबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले २० दिनको म्याद दिएको छ ।

यसअघि २० जनालाई १५ दिन र ५३ जनालाई २० दिनको म्याद दिइएको थियो ।

तीनकुनेमा भएको हिङ्सात्मक घटनामा संग्लग्न भएको आरोपमा हिरासतमा राखेर ७५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिरासतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।

चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शन हिङ्सात्मक हुँदा दुई जनाको ज्यान गएको थियो । एकजना प्रहरीको गोली प्रहारबाट मारिएका थिए ।

तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved