काठमाडौं । खानेपानीको समस्या लिएर सङ्घीय राजधानी आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा साम्पाङले धरानमा खानेपानी आयोजना तत्काल अघि बढाउन माग गरे । जवाफमा प्रधानमन्त्री ओलीले धरानका बासिन्दालाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका थिए ।
‘धरानबासीले खानेपानी पाउनुपर्छ । यो प्रक्रिया आजैदेखि अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ ।’, प्रधानमन्त्री ओलीले भने ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभइ आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्ने समेत बताएका थिए ।
मेयर साम्पाङ खानेपानीका लागि दबाब दिन यसअघि रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए ।

Facebook Comment
Comment